Main News

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

हिमालय टिभी
२०८१ भदौ २५ गते २०:१२
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की प्रहरी नियन्त्रणमा

विराटनगर : कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई अनसनस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय मोरङ लगेको छ।

अनसनस्थलमा कार्कीको समर्थन गर्न पुगेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले प्रहरी दमनको भत्र्सना गर्नुभएको छ ।

मंगलबार साँझ ठूलो संख्यामा अनसनस्थलमा पुगेको प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई नियन्त्रणमा लिने प्रयास गर्दा कार्कीका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो। कार्की अनशन बस्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले त्यो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

पूर्वमुख्यमन्त्री कार्की प्रदेशसभा भवन अगाडि रहेको वनसखण्डी मन्दिर अगाडि अनसन बसेका थिए। १० वर्ष मुनिका बालबालिकाको निस्शुल्क उपचार कार्यक्रम निरन्तरता दिन माग गर्दै कार्की मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसनमा थिए।

प्रहरीले प्रशासनले निषेधाज्ञा लगाएको क्षेत्रबाट हटेर सहयोग गरिदिन कार्कीलाई आग्रह गरेको थियो। तर, कार्कीले शान्तिपूर्ण रूपमा अनसन बसेको भन्दै हट्न अस्वीकार गरेका थिए।

कार्कीका समर्थकहरूले प्रहरी दमन भएको भन्दै अनसनस्थलमा नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *