Main News

माधव नेपाल, गुट कि पार्टीको अध्यक्ष ?

हिमालय टिभी
२०८१ भदौ १२ गते २०:३६
माधव नेपाल, गुट कि पार्टीको अध्यक्ष ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटलाई प्रश्रय दिएको आरोप लगाउँदै माधवकुमार नेपालसहितका नेताले पार्टी फुटाएर बनाए एकीकृत समाजवादी । तर, अवस्था उस्तै अहिले नेपाललाई नै एकीकृत समाजवादीमा गुटको संस्थागत अभ्यासमा लागेको आरोप लाग्न थालेको छ ।

नेता जीवनराम श्रेष्ठले नै अध्यक्ष नेपालले गुटबन्दी चलाएको भन्नुभयो । पदाधिकारी निर्वाचनमा अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालसमूहले फरक-फरक चिट बाँडेर गुटबन्दीलाई मलजल गरेका छन् । आफैं गुट अभ्यास गरेका अध्यक्ष नेपाललाई भुसाल समूहले चुनौति दिएको छ । अर्थात नेपाल पार्टीमा अब कमजोर देखिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीको पदाधिकारी:
१. अध्यक्ष:
माधवकुमार नेपाल
२. सम्मानित नेता:
झलनाथ खनाल
३. वरिष्ठ उपाध्यक्ष:
राजेन्द्रप्रसाद पाण्डे (सर्वसम्मत)
उपाध्यक्षहरु
१. जयन्ती राई
२. धर्मनाथ शाह
३. प्रकाश ज्वाला
४. जगन्नाथ खतिवडा
५. गंगालाल तुलाधर
६. भानुभक्त जोशी
१. महासचिव:
घनश्याम भुसाल
उपमहासचिव
१. गरिमा शाह
२. राजेन्द्र राई
३. मेटमणि चौधरी
१४. रामकुमार भट्टराई
खुला सचिव
१. शेरबहादुर कुँवर
२. चन्द्रबहादुर शाही
३. सोमप्रसाद पाण्डे
५ सावित्री भुसाल
६. श्रीनाथ बराल
समावेशी सचिव
१. बलदेव चौधरी
२. गणेश विक
असार १६ देखि २२ सम्म महाधिवेशन गरेकाे एकीकृत समाजवादीकाे नेतृत्वमा हानाथाप त्यसैबेला देखियाे । अर्थात अध्यक्षमा माधवकुमार नेपालविरुद्ध घनश्याम भुसालकाे उम्मेदवारी पर्ने भयाे । भुसाललाई सम्मानित नेता झलनाथ खनालकाे पनि साथ थियाे । चुनावमै जानेभए आफू हार्ने त्रासमा नेपाल देखिनुभयाे र सर्वसम्मतका लागि रातारात छलफलहरु भए ।
पार्टी गठनकाे पहिलाे महाधिवेशनमै झट्का बेहेर्नाे अवस्थामा पुग्नुभएका नेपालले अध्यक्षमा आफू, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाललाई सर्वसम्मत बनाउनुभयाे । बाँकी रहेकाे पदाधिकारीमा सर्वसम्मत हुने छाँटै देखिएन । बल्ल ११ भदाैमा चुनावबाटै पदाधिकारी छानियाे । त्यसमा पनि वरिष्ठ उपाध्यक्षमा नेपालले आफू निकटका राजेन्द्र पाण्डेलाई ल्याउन घनेन्द्र बस्नेतलाई वरिष्ठ नेताकाे कार्ड फालिदिनुभयाे ।
बाँकी रहेका पदाधिकारीमा चुनाव भयाे र भुसाल समर्थित ७ पदाधिकारी निर्वाचित भए । अब एकीकृत समाजवादीमा गुटकाे बलियाे प्रवेश भएकाे छ । आफूलाई बलियाे देखाउन नेपालले नै लिष्ट बाँडेकाे आराेप लागेकाे छ ।
निर्वाचनको क्रममा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल पक्षले बाँडेको फरक फरक चिटले मतदाता अर्थात केन्द्रीय कमिटी सदस्यबीच खैलाबैला मच्चियो ।
नेपाल समूहले बाँडेको सूची

भुसाल समूहले बाँडेको सूची

१७ पदमा निर्वाचनबाट पदाधिकारीको चयन भयो ।

तदानका बेला अध्यक्ष नेपाल र महासचिव भुसाल पक्षले फरक-फरक लिस्ट बाँडिएको थियो । भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित हुनुभयो । ज्वाला र जोशी दुवैको लिस्टमा हुनुहुन्थ्यो ।

त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित हुनुभयो । सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित हुनुभयो । गणेश विक दुवै पक्षको हुनुहुन्थ्यो । पोलिटब्युरोमा पनि नेपाल र भुसाल पक्षले फरक-फरक चिट बाँडेका छन । धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको निर्वाचन पनि मंगलबारै भएको छ ।

महाधिवेशनमा १९९ सदस्यीय केन्द्रीय कमिटी हुने तय भए पनि ९३ जनाको नाम मात्रै घोषणा गरियो । त्यही अपुरो केन्द्रीय कमिटीले सहमति नभएको भन्दै २९९ र पछि ३४४ सदस्यीय बनायो । यो महाधिवेशनको म्यान्डेट भन्दा बाहिर गएर संख्या बढाइएको हो। सदस्य संख्या बढाउनुको सिधासिधा अर्थ हो- नेपालको पकेटका मान्छेलाई कमिटीमा ल्याउनु ।

ती सबै पकेटबाटै आएका केन्द्रीय सदस्यले मतदान गर्दा पनि पदाधिकारीमा क्लिन स्वीप गर्न नसक्नु अध्यक्ष नेपालको कमजोरी हो । पार्टी दर्ता गर्न जाने बेला डोर्या एर निर्वाचन आयोग पुर्यासएकी रामकुमारी झाँक्रीलाई हराउन नेपालले ठुलै कसरत गर्नुभयो । यसले कुनै बेला नेपालकै ठूलो राजनीतिक दल नेकपा एमाले र प्रधानमन्त्रीका रुपमा देश हाँकेका नेता नेपाल अब गुट हाँक्ने नेता हुनुभएको छ । त्यसमा पनि नेतृत्वको आलोचना गरेकै आधारमा झाँक्रीसहितलाई पदाधिकारीमा हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *