प्रचण्डले व्यवसायीलाई किन भनिरहेका छन् बारम्बार ‘माफिया’ (भिडियोसहित)
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा सरकारप्रति धेरै नै आक्रोशित हुनुहुन्छ । असार २८ गते विश्वासको मत नपाएपछि बहिर्गमनमा पर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टी बैठकदेखि संसद बैठकसम्ममा सरकारविरुद्ध आगो ओकल्न लागिपर्नुभएको छ ।
मंगलबारको प्रतिनिधिसभामा बैठकमा प्रचण्ड रुप देखाउनुभएका उहाँले सरकारलाई गाली गर्ने नाउँमा व्यवसायीहरुलाई बारम्बार माफियाको संज्ञा दिनुभयो । प्रचण्डले नयाँ गठबन्धनको विरोध गर्दा किन व्यवसायीहरुलाई माफिया देख्नुभयो ?
व्यापारीलाई माफियाकरण गरेको प्रचण्ड अभिव्यक्ति
-सरकार माफियाहरुको सेवामा अग्रसर छ
-सरकारको पछाडि विचौलिया र माफिया छ
– माफियाकै सेवामा सरकार लागेको छ
– माफियाको धेरै सेवा गर्नु छ
-माफिया र स्वार्थ समूहहरुले मूल्य तोक्न सक्ने प्रतिपक्ष होइन
-सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ
-प्रधानमन्त्रीले हाकाहाकी माफियाहरुको पक्षपोषण गरे
-सरकार र माफिया दुवै एक्सपोज्ड छन्
-अब माफियाभन्दा जनता बलियो भइसकेको छ
मंगलबारको प्रतिनिधिसभा बैठकमा सरकारविरुद्ध आक्रोश व्यक्त गर्न रोष्ट्रममा उभिनुभएका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दर्जनौँपटक व्यवासायी लक्षित माफिया शब्द प्रयोग गर्नुभयो । सरकारलाई अपराधी वा भ्रष्टाचारीको संरक्षण, व्यापारीको पक्षपोषण अथवा डेडिकेटेड र ट्रंकलाइनको विद्युत महसुलको विषयमा व्यवसायी लक्षित माफिया शब्द बारम्बार दोहोर्याउनुभयो ।
जस्तो कि,
-सरकार माफियाहरुको सेवामा अग्रसर छ
-सरकारको पछाडि विचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा सरकार लागेको छ
-माफियाको धेरै सेवा गर्नु छ
-माफिया र स्वार्थसमूहहरुले मूल्य तोक्न सक्ने प्रतिपक्ष होइन
-सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ
-प्रधानमन्त्रीले हाकाहाकी माफियाहरुको पक्षपोषण गरे
-सरकार र माफिया दुवै एक्सपोज्ड छन्
-अब माफियाभन्दा जनता बलियो भइसकेको छ
सामान्यतया माफियाको अर्थ अपराधी हो । नेपाली शब्दकोशअनुसार माफिया भनेको ‘कानूनी राज्यलाई चुनौती दिने ठूलठूला अपराधमा संलग्न छद्म अपराधिक समूह’ हो । अंग्रेजीको माफिया शब्दको अर्थ पनि ‘कानूनलाई चुनौती दिने ठूलो अपराधी’ नै हो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले हालको सरकारलाई गाली गर्न प्रयोग गरेको यो शब्द निरन्तर व्यवसायीमाथि प्रहार गरिरहनुभयो ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्ड यत्तिकै बोल्न पुग्नुभएको होइन । कुनै पनि प्रतिपक्षी दलको नेता कुनै विषेश सन्दर्भबिना रोष्ट्रममा पुगेर यसरी बोल्ने गरेको खासै पाइँदैन । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने सन्दर्भमा भएको चर्काचर्की र प्रतिपक्षी दलका सांसदहरुको प्रतिवादको नयाँ संस्करण मंगलबार देखिएको मात्र हो ।
सार्वजनिक लेखा समितिमा एउटा विषय प्रवेश गरिसकेको छ, डेडिकेटेट र ट्रंकलाइनको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब बक्यौता रकम प्रचण्ड नेतृत्वकै सरकारले छुटे दिने गरी गरेको निर्णय ।
त्यसो त प्रचण्ड आफै व्यापारीहरुकै कठपुतली बनेर सरकारमा, पार्टी एकीकरणमा र विदेश भ्रमणमा बदनाम बनिसक्नु भएको छ । दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएर पार्टी एकीकरणको कुरा मिलाएको होस् वा ठेकेदार शारदा अधिकारीको घरमा बसेर सरकार गठनको खाका बनाएको किन नहोस्, प्रचण्ड व्यापारीले नै दिएको घरमा बसेर पार्टी चलाइरहनु भएको छ । तर उहाँ नै अहिले व्यापारीहरुलाई माफिया शब्दबाट दुत्कारी रहनुभएको छ । एउटा पुरानो उखान छ, ‘एउटाको रिसले अर्कोको काख चिसो पार्नु’ । प्रचण्ड यही मनोदशामा पुग्नुभएको छ ।
प्रतिक्रिया