Main News

रविको अर्को नाम थाहा छैन (भिडियोसहित)

हिमालय टिभी
२०८१ भदौ ११ गते २०:२३
रविको अर्को नाम थाहा छैन (भिडियोसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संसदीय छानबिन समितिमा गएर गोर्खा मिडिया नेटवर्कमा गएको सहकारीको रकमका सम्बन्धमा ५० भन्दा बढी प्रश्नको उत्तर दिनुभयो । तर बयानका क्रममा समितिले मिडिया नेटवर्कका
मालिक जीबी राईसँगको सम्बन्ध र राईको सहकारी ठगी प्रकरणबारे राखेको प्रश्नमा यसबारेमा आफु बेखबर रहेको बताउँदै आफु दोषी नभएको प्रमाण दिन खोज्नुभयो ।

तर तथ्यहरूले भने लामिछानेले समितिको बैठकमा झुट बोलेको देखाउँछ । २०८० वैशाख १० अगाडिसम्म राईको कर्तुत थाहा नभएको दाबी गरेका लामिछाने र राईको सम्बन्ध २०७८ सालकै हो । र त्यही सालदेखि राईको बदमासीबारे विभिन्न विषय बाहिरिएको थियो । तर लामिछाने यसबारे बेखर नभई ढाकछोपमा लाग्नुभएको थियो ।

“के तपाईलाई थाहा छ, जीबी राईले कहाँबाट पैसा ल्याएका थिए?” संसदीय छानबिन समिति सदस्यले शुक्रवार रवि लामिछानेलाई सोधेका थिए। रविले पुरानै रटान लगाउनुभयो, “थाहा छैन, मलाई थाहा थिएन।”
यो कुनै नयाँ कुरा होइन। लामिछानेको “थाहा छैन” मंत्रको प्रयोग उहाँले कतिपटक गर्नुभएको होला, सायद गन्ने हो भने गिनिज बुकमा नाम लेखाउन पुग्ने छ। तर, यसपटक यो मंत्रले उहाँलाई बचाउन सक्यो कि सक्दैन, त्यो भने भविष्यकै गर्भमा छ। तर २०७८ सालमा ग्यालेक्सी फोके टेलिभिजनको उद्घाटन गर्दै गर्दा आफुलाई नै टिभीको मालिक झैँ उपस्थित गराउनुभएका रविले जीबीको कर्तुत थाहा थिएन भन्दा कसरी पत्याउने ?
रवि र जीबी: पुरानो साथी, नयाँ कथा

रवि लामिछानेले जीबी राईसँगको आफ्नो सम्बन्ध २०७८ सालदेखि रहेको कुरा नै थाहा नभएको दाबी गर्नु भो। तर, सत्य के हो भने २०७८ सालदेखि नै जीबीको बदमासीबारे चर्चा सुरु भएको थियो। एकातिर जीबी सहकारी ठगीमा संलग्न भएर पिरामिड शैलीको धन्दा चलाउँदै थिए, अर्कोतिर रवि, ग्यालेक्सी टिभीको योजना बुन्दै थिए। बिडम्बना, जसले ग्यालेक्सी टिभीको “स्टार” बन्ने सपना देखेको थियो, ऊ नै सहकारी घोटालामा जेलिने दिन आयो।

थाहा छैन को जादू

रवि लामिछानेको “थाहा छैन” मन्त्रले उहाँलाई जोगाउने प्रयास गर्दा, सत्य भने स्पष्ट देखिन्छ। रवि-जीबीको सम्बन्ध २०७८ सालदेखि नै घनिष्ठ थियो। रविले जीबीलाई मिडिया नेटवर्कमा धन्यवाद दिंदै बाहिरिएको कुरा पनि सबैलाई थाहा छ। अनि जब ग्यालेक्सी टिभी शुरु भयो, तब जीबीको कर्तुतहरू बाहिर आउन थाले।

तर रविले यो सब थाहा नभएको दाबी गर्नु, मानौं कि उहाँ कुनै नयाँ जागिरे जस्तो हुनुहुन्छ, जसले आफ्नो कम्पनीको मालिक को हो भन्ने थाहा पाउन आवश्यक नै ठानेनन्। तर यहाँ कुरा एउटा साधारण जागिरेको हैन, ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशकको हो, जसले आफ्ना मालिकको स्रोतबारे जानेको बुझ पचाए कि जान्नै चाहेनन्?

छविले मिलाए रवि-जीबी, तर थाहा छैन

छविलाल, जसको छवि प्रहरी सङ्गठनमा निकै धमिलिएको थियो, उनले नै रवि-जीबीको मिलन गराएका हुन् । तर यो मिलन पनि लामो समय टिक्न सकेन। रवि राजनीतिमा लाग्नुभएपछि जीबीको बदमासी खुल्न थाल्यो, र अन्ततः उहाँ सहकारी ठगीमा फस्नुभयो। तर पनि, रविको “थाहा छैन” मंत्र फेरि पुनरावृत्ति भयो। “जीबीले कर्जा लिएको थाहा छैन”, “ग्यालेक्सी टिभीमा लगानीको स्रोत थाहा छैन”—सबै प्रश्नको जवाफ एउटै, “थाहा छैन”।
तर, जनता भने यति सजिलै मान्न तयार छैनन्। “थाहा छैन” भन्नु भनेको जिम्मेवारीबाट पन्छिनु हो, र यो रविको पुरानो तरिका भइसकेको छ।
जीबी फरार, रविको बयान “थाहा छैन”

जब जीबी राई फरार भए, रवि लामिछानेको बयानमा फेरि “थाहा छैन” मन्त्र नै सुनियो। तर, साँचो कुरा के हो भने रविले जीबीका कर्तुतहरू थाहा पाएका थिए । नेचर हर्बस्देखि युनिटी लाइफ इन्टरनेशनलको नाममा नेपालमा अवैध पिरामिड शैलीमा प्रत्यक्षसम्मका बारेमा रवि जानकार हुनहुन्थ्यो । रवि लामिछानेको बयानमा देखिने यो झुट र उनको “थाहा छैन” मंत्रले उहाँलाई कति समय जोगाउन सक्ला? जनताले के उनीसँग अझै विश्वास गर्नेछन्? वा “थाहा छैन” मन्त्र अब पुरानो भइसक्यो? यो त समयले नै बताउनेछ। तर बयानपछि उहाँले चितवन पुगेर आफुलाई फसाउन खोज्नेले प्रमाण दिन नसकेको दावी गर्नुभयो ।

एउटा कुरा के स्पष्ट छ भने – रवि लामिछानेको राजनीति अब “थाहा छैन” को आधारमा अगाडि बढ्न सक्दैन । जनता स्पष्ट जवाफ चाहन्छन्, र “थाहा छैन” भन्दा कति समयसम्म बच्न सकिन्छ भन्ने सवाल अब उठ्न थालेको छ। यो प्रश्न भने धेरैको मनमा उब्जिएको छ—रवि लामिछानेको “थाहा छैन” मंत्र अब कति समयसम्म चल्नेछ ? सहकारी घोटाला होस् या जीबी राईको कर्तुत, रविको उत्तर सधैं एउटै, “थाहा छैन”। तर यो मंत्रको आयु अब समाप्त हुन लागेको त होइन ? समितिले बयान चित्त बुझ्दो नभएको भन्दै यसमा लामिछानेलाई दोषी देखाउने सम्भावना उत्तिकै छ । किनकी स्विट शेयरको नाममा रविले प्रबन्ध निर्देशक लिएकै हो, उहाँको खातामा पैसा जम्मा भएकै हो र उहाँ गृहमन्त्री हुँदा आफूलाई जोगाउन लाग्नुभएकै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *