संगीत उद्योगका नाममा मानव तस्करी गर्ने सूर्यबहादुर राजनीतिक संरक्षण खोज्दै

हिमालय टिभी
२०८१ भदौ ६ गते २०:१६
संगीत उद्योगका नाममा मानव तस्करी गर्ने सूर्यबहादुर राजनीतिक संरक्षण खोज्दै

काठमाडौं : हिमालय टेलिभिजनले लगातार फलोअपपछि मानव बेचबिखन ब्यूरोले नेपाल संगीत उद्योग संघका कर्यालयमा छापा मार्दै महत्वपुर्ण कागजगत बरामद गर्योन । तर ब्युरोले अझै पनि मानव तस्करीमा संलग्न सूर्यबहादुर मगरलाई भने पक्राउ गरेको छैन । उनी खुलेआम हिँडिरहेका छन् ।

हामीसँग भएको अडियोमा २२ लाख रुपैयाँ दिनुहोस्, अष्ट्रेलिया पठाइदिन्छु भनेका मगरले प्रहरीले गरेको सोधपुछमा इन्कारी बयान दिएका छन् । समाचार रोक्न फोन गर्दै पैसाको अफर गर्ने मगर अहिले राजनीतिक संरक्षण खोज्न थालेका छन् । उर्जा जलसोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामको नजिकका मान्छे भन्दै तस्करी गरिरहेका मगर अहिले उनकै नाममा जोगिने प्रयास गरिरहेका छन् । काठमाडौंको अनमनगरस्थित चारतलले भवनको दोस्रो तला भाडामा लिएर नेपाल संगीत उद्योग सघंको कार्यालय राखिएको छ । झट्ट हेर्दा देखिने चित्र- नेपाल संगीत उद्योग संघ । तर, विभिन्न प्रलोभन र पासो थाप्दै बेरोजगार युवा र देशमा भविष्य नदेखेर राम्रो मुलुक प्रवेशको उपाय खोजिरहेका युवालाई ठग्ने र तस्करी गर्ने कामको रणनीतिक योजना यहीँ बन्छ ।

सामान्य युवालाई पनि कलाकार प्रोफाईल बनाएर अष्ट्रेलिया वा अन्य मुलुक लैजाने भन्दै मोटो रकम असुली गर्ने धन्दाको हामीले साउन ३० गते नै सप्रमाण प्रशारण गरेका थियौं । केही हजार वा केही लाखको सवाल होइन, एउटै ब्यक्तिसँग २२ लाख रुपैयाँसम्म असुलेर नक्कली कलाकार बनाएर विदेश पठाइदिने मगरको यो प्रपञ्चको प्रमाण एक पटक सुनौं ।

तर, प्रहरीले सोधपुछ गर्दा उनले यो आरोपलाई अस्वीकार गरेको पाइएको छ । यतिमात्र होईन २२ लाख रुपैयाँ दिएपछि रामकृष्ण ढकाल र प्रीति आले जस्तै सेलिब्रेटी बनाएर दशैंको अवसरमा अष्ट्रेलियामा गर्ने कार्यक्रममा ३७ जनालाई लैजाने मगरको योजना थियो

हिमालय टेलिभिजनमा प्रसारण भएको समाग्रीलाई लिएर बुधवार प्रहरीले संगीत उद्योग संघको कार्यालय नियन्त्रणमा लिएको छ । कर्यालयमा भएको महत्वपूण कागजत र चिप्सहरु नियन्त्रणमा लिएको छ ।
फरार रहेका मगरले अहिले राजनीतिक संरक्षण खोज्न थालेका छन्। उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामको निकट व्यक्तित्वको रूपमा आफूलाई प्रस्तुत गर्दै मगरले विभिन्न नेतासँगको सम्बन्धलाई देखाएर मानिसहरुलाई प्रलोभनमा पार्ने प्रयास गरेका छन्। उनले आफ्नो प्रभाव देखाउन नेताहरूसँगको तस्बिरहरू सामाजिक सञ्जालमा पनि पोस्ट गरेका छन्।

मगरको प्रमुख धन्दा मानव तस्करी मात्र नभई विभिन्न संगीत अवार्ड कार्यक्रम र कलाकार सम्मानको नाममा प्रमाणपत्र बिक्री गर्ने पनि रहेको छ। उनले यसरी कुम्ल्याएको रकम आफ्नै खल्तीमा राख्दै संघलाई निरन्तर घाटा देखाउने गरेका छन्। साथै, संघमा कार्यरत कर्मचारीहरूलाई समेत १० महिनासम्म तलब नदिई तनावमा राखेको समेत खुलेको छ। बरु बानेश्वरमा घर ठड्याएका छन् अनि अनमानगर नजिकै रेष्टुरेन्ट ब्यावसाय समेत सुरु गरेका छन् ।

प्रहरीले मगरलाई पक्राउ गर्न अझै सफल नहुनुमाथि शंका छ । मगरले बोलेको झुटको प्रमाण हिमालय टेलिभिजनसँग सुरक्षित छ । यदि आवश्यक परे प्रहरीलाई अनुसन्धानमा सघाउन प्रमाण उपलब्ध गराउन हामी तयार छौँ । तर मगरले जसरी अहिले राजनीतिक संरक्षण खोज्दै हिँडेका छन् यसका कारण मगरलाई उम्काउने प्रयास हुन सक्छ । त्यसैले प्रहरीले यसबारेमा छिटो भन्दा छिटो अनुसन्धान बढाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *