मानव तस्करीको अखडा बनेको नेपाल संगीत उद्योग संघ, प्रहरीको छापा (भिडियोसहित)
काठमाडौं : विदेश जाने चाहनालाई कमाउने मौका खोज्नेहरुले मानव तस्करी गर्छन् । अहिले अमेरिकामात्र होइन, अष्ट्रेलिया, क्यानाडा जस्तै धेरै मुलुकहरुमा नेपालबाट मानव तस्करी हुने गरेको यदाकदा सुनिन्छ ।
नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले २० लाख खर्च र २ लाख कागजात तयार पार्नभन्दै २२ लाख रुपैयाँमा अष्ट्रेलिया पठाइदिने प्रस्ताव गर्दै मानव तस्करीको बाटो समाते । हिमालय टेलिभिजनले गएको साउन ३० गते उनको अडियोसहितको विवरण प्रसारण गर्यौ । प्रहरीले आज संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । यो फलोअप रिपोर्ट हेरौं ।
मानव तस्करको धन्दा चलाउने नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरको कार्यालयमै पुगेर प्रहरीको मानब बेचबिखन ब्यूरोले छापा मार्यो । त्यसपछि मगरले विदेश लैजान तयार पारेका कागजातदेखि कम्प्युटरका हार्डडिस्क, सीपीयू जफत गरेको छ ।
अहिले मिसिल तयार पार्न जुटेको प्रहरलिे अनुसन्धान तीब्र पारेको जनाएको छ । मानव तस्कर गर्न पाइदैन, यो फौजदारी अभियोग हो । त्यतिमात्र होइन, मगरलाई फर्जी कागज बनाएर कीर्ते गरेको पनि आरोप लागेको छ । मगरविरुद्ध त्यतिमात्र होइन, संघका सदस्यहरुको पनि मिलेमतो देखिएकाले संगठित अपराध पनि आकर्षित हुने प्रहरीले जाएको छ ।
नेपाल संगीत उद्योग संघका अध्यक्ष मगरसहितका पदाधिकारीले ३७ जना गैर कलाकारबाट २२ लाख रुपैयाँ लिई कलाकार बनाएर अष्ट्रेलिया लैजादै थिए । दशैंको अवसरमा संघले अष्ट्रेलियामा गर्ने कार्यक्रमको लागि भन्दै उनीहरूलाई अष्ट्रेलिया लैजाने र लुकेर त्यहि बस्ने वातावरण समेत मिलाइदिने सूर्यबहादुर मगर हामीसँग बताएका थिए । हिमालय टेलिभिजनले निरन्तर फलोअप गरेपछि प्रहरी संघको कार्यालयमा छापा मारेकाे हाे । तर, मगर पक्राउ परेका छैनन् ।
मानव वेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले विदेशमा झुटको सहारा लिएर मानव पठाउन नपाउने उल्लेख गरेको छ । ऐनको दफा ४ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने गर्न नहुने उल्लेख गरेको छ । नेपाल सांगीतिक उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर र उनको गिरोहले मानव बेचविखनमात्र नभई, संगठित अपराध पनि गरेका छन् ।
गीत संगीतको अड्डाको नाम बेचेर एउटा साधारण व्यक्तिलाई कलाकार बनाई विदेश पठाई दिने भन्दै अबैध रुपमा पैसा असुली गरी मान्छे ठग्ने अड्डा बनेको छ । त्यसैले यस्ता व्यक्तिलाई जतिसक्दो चाँडो कानूनी कठघरामा उभ्याउनु जरुरी छ ।
यस्तो छ हिमालय टिभीको फलोअप
प्रतिक्रिया