नैतिकता हराएका नेताबाटै नैतिकताबारे प्रवचन !
काठमाडौं : नेपाली राजनीतिक दलका नेताको कथनी र करनीमा कहिल्यै मेल खाँदैन । उनीहरु भन्छन एउटा गर्छन अर्को । नेताहरु नैतिकता र निष्ठाबाट बाहिर हुँदै गइरहेका छन ।
अपवादलाई छाडेर हेर्ने हो भने नेताहरु विवाद र काण्डका पर्याय नै बनेका छन । आफैं नैतिकताच्यूत भएका नेताहरुले मंगलबार काठमाडौंमा एउटै मञ्चबाट राजनीतिमा निष्ठा र नैतिकताको प्रवचन दिए । जुन हाँस्यास्पद सुनियो ।
शेरबहादुर देउवा
-संसदीय राजनीतिमा विकृति भित्र्याउने नेता
– २०५२ सालमा भन्सार छुटमा सांसदलाई गाडी उपलब्ध
-स्काउटको जग्गा गैरकानुनी रुपमा कब्जा गरेका दीपक खड्का, भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा घोटलामा नाम जोडिएकी पत्नी आरजु राणा देउवालाई मन्त्री
– लुम्बिनी प्रदेशमा कर्तव्य ज्यान मुद्दा र ठगीमा
प्रहरीले अनुसन्धान गरिरहेका बादशाह कुर्मीलाई मन्त्री
पुष्पकमल दाहाल प्रचण्ड
– नेपाली राजनीतिमै पल्टुरामको उपमा
– ३६ वर्षदेखि पार्टी अध्यक्ष, २०६२–०६३ पछि अधिकांश समय सरकारमा
– आफ्नो फाइदाका लागि सहयात्री फेर्न खप्पिस
– क्यान्टोनमेन्ट घोटालादेखि अन्य कयौं प्रकरण र काण्डमा प्रचण्डको नाम जोडिन्छ
माधवकुमार नेपाल
– सत्तालिप्साकै लागि पार्टी विभाजन
– कर्मकाण्डी महाधिवेशन गरेर आफूलाई अध्यक्षसहित पदाधिकारी, स्थायी समिति र केन्द्रीय सदस्य चयन
– संविधानसभा निर्वाचनामा दुई ठाउँबाट पराजित भएर पनि प्रधानमन्त्री
– प्रधानमन्त्री बनाइदिनुस् भन्दै राजालाई दाम चढाउने नेता
शंकर पोखरेल
– पार्टी अध्यक्ष केपी शर्मा ओलीको कृपाबाहेक कुनै योग्यता नभएको आरोप
– पोखरेलले महासचिव पदको ओझ नै घटाएको
एमालेवृत्तबाटै टिप्पणी
– लुम्बिनीमा संसदीय दलका नेता लीला गिरी छोडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री
– श्रीमती र बहिनीलाई सांसद बनाउन र आफू निकटकलाई नियुक्ति दिलाउन जुनसुकै हर्कत
शेखर कोइराला
– गुट भन्दामाथि उठ्न नसकेका नेता
– पार्टीमा भूमिका, सरकार परिवर्तन हुँदा हिस्सा माग्ने मात्रै
– कोशी प्रदेशमा आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन गठबन्धनमाथि नै धोका
महन्थ ठाकुर
-नेतृत्वका लागि पटक-पटक पार्टी परिवर्तन र फुट
– सत्तामा पुग्न गठबन्धन फेरबदल
– छोरी ज्वाइँ, सम्धि, सम्धिनीलगायतका आफन्तलाई भागबन्डा लगाएर पार्टीमाथि पारिवारिक कब्जा
कांग्रेस नेता प्रदीप गिरीको स्मृति दिवसका अवसरमा गरिएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, कांग्रेस नेता शेखर कोइराला र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निम्त्याइएको थियो ।
कार्यक्रममा प्रचण्ड र ठाकुर बाहेकका नेताहरुले राजनीतिमा निष्ठा र नैतिकताबारे धारणा राख्नुभयो । अन्य कार्यक्रममा प्रचण्ड र ठाकुरले पनि राजनीतिमा नैतिकताको विषयमा लामै प्रवचन दिएको भेटिन्छ । नैतिकताको पाठ पढाउने नेताहरु आफू चाहीँ कत्ति नैतिकवान छन त ?
शेरबहादुर देउवा
कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय राजनीतिमा बिकृति भित्र्याउने नेताको रुपमा परिचित हुनुहुन्छ । २०५२ सालमा भन्सार छुटमा सांसदहरुलाई गाडी उपलब्ध गराउँदा निकै विवादमा तानिएका देउवाको त्यो कदम अहिले पनि प्राडो र पजेरोको नाममा बद्नााम छ । देउवाको विवाद र नैतिकता जाँच्न त्यत्ति टाढा पुग्नै पर्दैन ।
एमालेसँगको वर्तमान सत्ता सहकार्यमा मन्त्रिपरिषद्मा देउवाले पठाएका मन्त्रीको अनुहार हेरे पुग्छ । देउवाले संघमा, स्काउटको जग्गा गैरकानुनी रुपमा कब्जा गरेका दीपक खड्का, भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा घोटलामा नाम जोडिएकी पत्नी आरजु राणा देउवालाई मन्त्री बनाउनुभयो । अझ लुम्बिनी प्रदेशमा त देउवाले जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान गरिरहेका बादशाह कुर्मीलाई मन्त्री बनाउनुभयो । यी ताजा घटना हेर्दा देउवाले नैतिकता र निष्ठाको गफ दिएको सुहायो त ?
पुष्पकमल दाहाल प्रचण्ड
नेपाली राजनीतिमै पल्टुरामको उपमा पाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नैतिकताको गफ दिएको सुहाउँदैन् । ३६ वर्षदेखि पार्टीको अध्यक्ष, २०६२–०६३ पछि अधिकांश समय सरकारमा अनि आफ्नो फाइदाका लागि कुनै पनि बेला सहयात्री फेर्न प्रचण्ड खप्पिस हुनुहुन्छ । यति पर पनि जानुपर्दैन्, २०७९ मंसिर ४ को निर्वाचनपछि प्रचण्डले कांग्रेस र एमालेलाई पटक-पटक दिएको धोकाबाटै उहाँ कतिसम्म पल्टुराम हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । क्यान्टोनमेन्ट घोटालादेखि अन्य कयौं प्रकरण र काण्डमा प्रचण्डको नाम जोडिन्छ अनि प्रचण्डले नै नैतिकताको गफ दिँदा अलि सुहाएन कि ?
माधवकुमार नेपाल
१५ वर्ष एमालेको अध्यक्ष बनेका माधवकुमार नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष हुनुहुन्छ । २०७८ मा नेपालले सत्तालिप्साकै लागि पार्टी विभाजन गरेको आरोप लाग्दै आएको छ । हुनु पनि नेपालले छुट्टै पार्टी खोल्नुको औचित्य पनि पुष्टी गर्नसक्नुभएको छैन् । कर्मकाण्डी महाधिवेशन गरेका नेपालले आफूलाई अध्यक्षसहित पदाधिकारी, स्थायी समिति र केन्द्रीय सदस्यसम्म यसअघिकैलाई दोहोर्या उनुभयो । संविधानसभा निर्वाचनामा दुई ठाउँबाट पराजित भएर पनि प्रधानमन्त्री पड्काउन लाग्नुभयो । कुनै बेला प्रधानमन्त्री बनाइदिनुस् भन्दै राजालाई दाम चढाउन जानु भयो । अनि उनै नेपाल अहिले राजनीतिमा नैतिकता र निष्ठाको गफ छाँटिरहनुभएको छ ।
शंकर पोखरेल
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कृपाबाहेक कुनै योग्यता नभए पनि शंकर पोखरेल नेकपा एमालेको महासचिव हुनुहुन्छ । स्वय एमालेवृत्त नै पोखरेलले महासचिव पदको ओझ नै घटाएको बताउँछन् । एमालेले लुम्बिनीमा संसदीय दलका नेता लीला गिरी छोडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनायो । यो संसदीय अभ्यासकै भद्दा मजाक हो । श्रीमती र बहिनीलाई सांसद बनाउन र आफू निकटकलाई नियुक्ति दिलाउन जुनसुकै हर्कत गर्न पछि नपर्ने महासचिवज्यू नैतिकताबारे चर्को स्वरमा मन्तव्य राख्न कत्ति सुहाउला ?
शेखर कोइराला
कांग्रेस नेता शेखर कोइराला गुट भन्दामाथि उठ्न नसकेका नेतामध्ये एक हुनुहुन्छ । उहाँको पार्टीमा भूमिका भनेकै सरकार परिवर्तन हुँदा हिस्सा माग्ने मात्रै हो । त्यति मात्रै होइन्, कोशी प्रदेशमा आफू निकटका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन गठबन्धनमाथि नै धोका दिनुभयो । उहाँ पनि अरुजस्तै नैतिकता गुमाएर नैतिकताको गफ दिइरहनुभएको छ ।
महन्थ ठाकुर
नेपाली कांग्रेसबाट सक्रिय राजनीति सुरु गरेका महन्थ ठाकुर पछि तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपामा आवद्ध हुनुभयो । त्यसपछि लोकतान्त्रीक समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ । महन्थसँगै मधेसवादी पार्टीलाई सत्तालिप्साको आरोप लाग्ने गरेको छ । लोसपाले पछिल्लो पटक पदाधिकारीमा ६३ र केन्द्रीय समितिमा ३११ जनालाई मनोनित गरेको थियो । तर, ती मध्ये अधिकांश अध्यक्ष ठाकुरसहित शिर्ष नेताका पारिवारीक सदस्य छन् । ठाकुरले छोरी ज्वाइँ, सम्धि, सम्धिनीलगायतका आफन्तलाई भागबन्डा लगाएर पार्टीलाई पारिवारिक कब्जामा पुर्याकएको भन्दै लोसपाका नेताहरुले नै आलोचना गरेका थिए । उहाँले पनि नैतिकताको पाठ पठाउनु शोभनीय हुन्न होला।
प्रतिक्रिया