Main News

आफूले टकरावको राजनीति नगरेको उपप्रधानमन्त्री खड्काको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० माघ १३ गते १४:४९
आफूले टकरावको राजनीति नगरेको उपप्रधानमन्त्री खड्काको दाबी (भिडियो रिपोर्टसहित)

१३ माघ २०८० काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताउनुभएको छ ।

काठमाडौंमा कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै उहाँले आक्षेप र टकरावको राजनीति नगरेको बताउनुभएको हो ।

उहाँले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरु रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरुको बैठकमा सबै निर्णायक चरणमा आफु सहभागी भएको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *