Main News

लक्ष्यअनुसार राजश्व उठ्न सकेनः अर्थमन्त्री महत

हिमालय टिभी
२०८० माघ १२ गते १४:०५
लक्ष्यअनुसार राजश्व उठ्न सकेनः अर्थमन्त्री महत

११ माघ २०८० काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री महतले सरकारले निर्धारण गरेको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व उठ्न नसकेको बताउनुभयो ।

राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको उहाँको जिकिर छ । राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उहाँको भनाइ छ ।

अर्थमन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा व्यवसायीहरुले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको बताएका छन् ।

उनीहरुले भन्सारमा बिन्दुबाट नै अवैध कारोबार हुने गरेको भन्दै सरकारले रोक्न नसकेको बताए ।

आयात कर्ताको विवरण,उपभोग्य म्याद गुज्रिने अवधि लगायतका मापदण्ड पूरा नगरेका वस्तुहरु आयात भइरहेकोमा यस्ता वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने व्यवस्था लागू भएपनि प्रावकारी कार्यान्वयन नभएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *