Main News

मकवानपुरमा भएको बस दुर्घटनामा दश जना घाइते

हिमालय टिभी
२०८० माघ १० गते १३:२२
मकवानपुरमा भएको बस दुर्घटनामा दश जना घाइते

१० माघ २०८० हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका–६ स्थित पुतली बजारमा बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

धरान–चतरा सडकअन्तर्गत फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना. ३ ख ५३०३ नम्बरको बसले टेलरलाई साइड दिने क्रममा बस सडक किनारामा पल्टिएको हो ।

दुर्घटनामा बसमा सवार १५ जनामध्ये १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूमा हेटौँडा–१७ हटियाका २५ वर्षीया पुष्पा डंगोल, २१ वर्षीया रुपा डंगोल, हेटौँडा–१७ का ५१ वर्षीय शंकर राई र ५५ वर्षीया आशा छन् ।

यस्तै वीरगन्ज महानगरपालिका घर भएका २२ वर्षीया सीमा साह, हेटौँडा–१८ का ४५ वर्षीया महिला र ७० वर्षीयको पुरुष हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिका–७ की ५६ वर्षीया माहिली माया थिङ, मकवानपुरगढी–१ धापका ४६ वर्षीय कुमार सिंह गोले र हेटौँडा–१८ हर्नामाडीका ३६ वर्षीय सोम लाल थिङ सञ्चो अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *