Main News

सहिद सप्ताह शुरु

हिमालय टिभी
२०८० माघ १० गते १३:१७
सहिद सप्ताह शुरु

१० माघ २०८० काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका सहिदको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु भएको छ ।

माघ १० अर्थात आजकै दिन योद्धा शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएको सम्झनामा शास्त्रीको शालिकमा माल्यार्पण गर्दै सहिद सप्ताह शुरु भएको हो ।

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माल्यार्पण गर्दै सहिद सप्ताहको सुरुवात गर्नुभएको थियो।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *