Main News

न्युरोडका व्यवसायी आज पनि आन्दोलित

हिमालय टिभी
२०८० माघ १० गते १३:१४
न्युरोडका व्यवसायी आज पनि आन्दोलित

१० माघ २०८० काठमाडौं । न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू आज पनि आन्दोलित भएका छन् ।

काठमाडौँ महानगरले मंगलबारबाट पार्किङ निषेध गरेपछि व्यवसायीहरूले आज पनि पसल बन्द गरेर महानगरको विरोधमा उत्रिएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा महानगरले पार्किङ निषेध गरेको छ ।

स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर उनीहरूले आन्दोलन गरेका हुन् । महानगरले सरोकारवालासँग परामर्श नगरी पार्किङ निषेधको निर्णय लादेको व्यापारीको आरोप छ ।

पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्यूरोडको व्यवसायिक भविष्य संकटमा पर्ने उनीहरूको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *