Main News

राष्ट्रिय सभा निर्वाचनः आचारसंहिता उल्लंघनमा होड, आयोग मौन

हिमालय टिभी
२०८० माघ १० गते १३:१२
राष्ट्रिय सभा निर्वाचनः आचारसंहिता उल्लंघनमा होड, आयोग मौन

१० माघ २०८० मोरङ । राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस र नेकपा एमालेले आचारसंहिता उल्लंघन गरेको छ ।

भोलि हुने राष्ट्रियसभा निर्वाचनको एक दिन अघि कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम आयोजना गरेर आचारसंहिताको उल्लंघन गरेको हो ।

यस्तै एमाले र राप्रपाले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा ह्यारिसनमा भेला गरेर आचारसंहिताको उल्लंघन गरेको छ । नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गर्नुभएको छ ।

शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ । त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन् ।

दुवै गठबन्धनले आचारसंहिता उल्लङ्घन गरेर भेला गरेपछि आयोगले भने अहिलेसम्म कुनै स्पष्टीकरण सोधेको छैन । भोलि राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ ।

अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् । महिलातर्फ माओवादीका चम्पादेवी कार्की र एमालेका रुक्मिणी कोइराला उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *