Main News

असुरक्षित बासस्थान, आहाराको कमी र पर्यावरणमा परेको असरका कारण पानी चरा संकटमा (भिडियो रिपोर्टसहित)

२०८० माघ ९ गते १७:४५
असुरक्षित बासस्थान, आहाराको कमी र पर्यावरणमा परेको असरका कारण पानी चरा संकटमा (भिडियो रिपोर्टसहित)

९ माघ २०८० बर्दिया । असुरक्षित बासस्थान, आहाराको कमी र पर्यावरणमा परेको असरका कारण पानी चरा संकटमा पर्दै गएका छन् ।

पानी चराको खेल्ने, बस्ने र खाने ठाउँ प्राकृतिक नदी, खोला, ताल र सिमसार क्षेत्रमा रैथाने तथा आगन्तुक पानी चराको प्रजाति संख्या घटेको पाइएको हो ।

बर्दियाका विभिन्न ठाउँमा गरिएको गणनाले चराको प्रजाति र संख्या घटदै गएको देखाएको छ । प्रत्येक वर्ष बर्दियाको कर्णाली र गेरुवा नदी, बढैयाताल, सतखलुवा ताललगायतका क्षेत्रमा पानी चराको गणना हुँदै आएको छ । बासस्थान अतिक्रमण, सिमसार क्षेत्रको संकुचन, प्रशस्त पानी र आहाराको कमीले रैथाने र आगन्तुक पानी चराको प्रजाती र संख्यामा कमी आएको हो ।

पानी चरा गणनाका क्रममा कर्णाली नदीमा गत वर्ष २१ प्रजातिका चरा फेला परेका थिए भने यस बर्ष जम्मा १५ प्रजातीका चरा पाइएको छ । त्यसैगरी गेरुवा नदीमा गत वर्ष ३१ प्रजाती पाइएकोमा यस बर्ष ३० र बढैयातालमा भने चराको प्रजाती बढे पनि संख्या भने घटेको छ ।

चरा पर्यटनको विकास र चरा संरक्षणको लागि स्थानीय सरकारले जनचेतनासँगै लगानी गर्न आवश्यक छ । प्रत्येक बर्ष गरिने जलपंक्षी गणनाले चराको प्रजाति र संख्याको बारेमा यकिन गर्न सकिने र संरक्षणको लागि ठोस नीति तथा योजना बनाउन सहज हुनेछ ।

आवासको क्षति, अवैध चोरी निकासी, पानीमा विषादी प्रयोग गरेर माछा मार्नु सिमसार क्षेत्रमा संकुचन आउनु लगायतका कारणले चराको संख्या घटिरहेको छ । प्रकृति संरक्षणमा जलचराको महत्वपूर्ण भूमिका हुने भएकाले चरा संरक्षणमा सबै निकाय लाग्नुपर्नेमा चराविज्ञको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *