Main News

राजमार्गका होटल छैन : गुणस्तरमा ध्यान (भिडियो रिपोर्टसहित)

२०८० माघ ९ गते १७:४१
राजमार्गका होटल छैन : गुणस्तरमा ध्यान (भिडियो रिपोर्टसहित)

९ माघ २०८० धादिङ । पृथ्वीराजमार्गका छेउछाउमा सञ्चालित पसल तथा होटलमा उपभोग्य वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएर उपभोक्ता तथा यात्रु ठगी गर्ने क्रम रोकिएको छैन ।

नियमनकारी निकायले चाडपर्व लक्षित अनुगमनका नाममा झारा टार्ने र अन्य समय मौन बस्ने गर्दा उपभोक्ता भने गुणस्तर र मूल्यमा ठगिएका छन् ।

सामान्यतया खानेपानी एक लिटर बोतलको मूल्य २० रुपैयाँ पर्छ । तर राजमार्गका होटलमा ३० रुपैयाँ नतिरी पानी पाइँदैन । व्यापारीले २० रुपैयाँ पर्ने चाउचाउको पनि ३० रुपैयाँ लिन्छन। अन्य पेयपदार्थ तथा जंगफूडमा पनि तोकिएभन्दा बढी मूल्य असुलिन्छ । राजमार्ग छेउछाउमा सञ्चालित पसलले मनलाग्दी मूल्य लिँदा यात्रु तथा उपभोक्ता मारमा छन् । होटल तथा किराना पसलमा मूल्य सूची नराख्ने, राखे पनि उल्लेखित भन्दा बढी नै मूल्य लिने गरेको यात्रुहरुको गुनासो छ ।

नियमित अनुगमन नहुनु र कैफियत भेटिए कारबाही नहुनुले व्यापारीको मनोबल बढेको उपभोक्ता बताउँछन । प्रशासन मौन बसेकाले आफैं सचेत हुने पर्ने र बढी मूल्य लिएमा प्रश्न गर्ने बानी बसाल्नु पर्ने यो राजमार्गमा यात्रा गर्ने यात्रुको सुझाव छ ।

होटल व्यवसायीले भने घरभाडा तिर्नुपर्ने, खर्च बढी आउने र बजार नै महँगीएकाले तोकिएको भन्दा बढी मूल्य लिनु परेको तर्क गर्छन । २० रुपैयाँ मूल्य पर्ने एक बोतल पानीको कुनै कुनै होटेलले ४० रुपैयाँसम्म लिने गरेको स्वयंम होटल सञ्चालक स्वीकार गर्छन् ।

बढी मूल्य लिएर खाना तथा खाद्यपदार्थ विक्री गर्दै आएका होटलमा गुणस्तर र सरसफाइको कमी छ । तर त्यसको नियमन र अनुगमन गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय आफूले मात्र गरेर नपुग्ने भन्दै ओठे जवाफ दिएर पन्छन ।

चाडपर्वको समयमा अनुगमन र कारबाही गरेको जस्तो देखिए पनि अन्य समयमा सुतेर बस्ने सरकारी निकायको कारण राजमार्ग केन्द्रीत होटल तथा पसलमा उपभोक्ता ठगीने क्रम तत्काल अन्त्य हुने देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *