आर्थिक
सुनको भाउले रेकर्ड कायम गर्ने क्रम जारी
२०८० मंसिर १८ गते १३:११
१८ मंसिर २०८० काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै रेकर्ड कायम गर्ने क्रम जारी छ ।
आज तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको १ लाख २१ हजार नाघेको छ । आज सुन प्रतितोला १ लाख २१ हजार ६ सयमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलाको १ लाख २० हजार ८ सयमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ५४५ रुपैयाँमा स्थिर छ ।
प्रतिक्रिया