आर्थिक
आज पनि बढ्यो सुनको भाउ
२०८० मंसिर १३ गते १३:४८
१३ मंसिर २०८० काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ ।
स्थानीय बजारमा आज पनि छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुन आज एक हजार ६ सयले बढेर प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलामा तीन सयले बढ्दै सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको थियो । तेजाबी सुन एक तोलाको एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको छ ।
प्रतिक्रिया