आर्थिक
सुनको भाउ अहिलेसम्मकै उच्च
२०८० मंसिर ११ गते १३:३३

११ मंसिर २०८० काठमाडौं । सुनचाँदीको मूल्यले रेकर्ड कायम गरेको छ ।
आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि गत कात्तिक १२ गते सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।
यस्तै, चाँदीको मूल्यले पनि रेकर्ड कायम राख्दै तोलाको १ हजार ५ सय रुपैयाँमा कारोवार भैरहेको छ ।
प्रतिक्रिया