विदेश

सिक्किममा बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता

हिमालय टिभी
२०८० असोज १७ गते १३:२०
सिक्किममा बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता

१७ असोज २०८० सिक्किम । सिक्किमको लाचेन उपत्यकामा बाढीमा परी २३ सैनिक बेपत्ता भएका छन् ।

उत्तरी सिक्किमको टिस्टा नदीमा अचानक बाढी आउँदा सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेना गाडी बगेका छन् ।

अचानक बाढी आउनुको कारण हिमताल फुटेको भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएरको छ ।

बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित राजमार्गका केही भाग समेत बगाएको छ । चुङथाङमा क्लाउड ब्रस्ट अर्थात बादल फाटेसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ ।

कुनै क्षेत्रमा करिब एक घण्टामा सय मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ । चुंगथांगको हिमालयमा अवस्थित दक्षिण ल्होनक लेक विष्फोट भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *