बिशेष

आज हरितालिका तीज पर्व मनाइँदै

हिमालय टिभी
२०८० असोज १ गते ९:३४
आज हरितालिका तीज पर्व मनाइँदै

१ असोज २०८० काठमाडौं । आज हरितालिका तीज, वैदिक सनातन हिन्दू धर्मावलम्बी महिलाले नाचगान र पूजा उपासना गरेर मनाइरहेका छन् ।

आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ ।

गएराति मीठा एवं आडिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिर पुगेका छन । आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ ।

तीजमा दर्शनार्थीको सुविधाको लागि पशुपतिनाथ मन्दिरको ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको छ । दर्शनार्थीलाई चार ठाउँबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने पर्वका रुपमा समेत तिजलाई लिने गरिन्छ ।

महिलाले तिजमा गीतका माध्यमबाट पीर मर्का महिलाले सार्वजनिक गर्छन । हिजो दर खाएपछि औपचारिक रूपमा सुरु भएको तीज ऋषि पञ्चमीसम्म मनाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *