बिशेष

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

हिमालय टिभी
२०८० भदौ ३१ गते १३:०१
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

३१ भदौ २०८० काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् ।

बहिरङ सेवा बन्द भएका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीले उपचार सेवा पाउन सकेका छैनन् । मकवानपुरको हेटौंडामा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।

गएको भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालका डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको तर दोषीलाई अझै कानुनी कारबाहीको दायरामा नल्याएको संघले हिजो विज्ञप्तिमार्फत जनाएको छ ।

संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत चिकित्सक संघबीच वार्ता भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा. विकास देवकोटा नेतृत्वको समिति र नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्की नेतृत्वको टोलीबीच मन्त्रालयमा वार्ता भइरहेको हो ।

सरकारी वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा। देवकोटाका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहेका छन् ।

स्वास्थ्य सेवा जस्तो अनिसंवेदनशील जीवन रक्षाको कार्यलाई निरन्तरता दिन उपचार सेवा रोक्ने कार्यलाई स्थगन गरी वार्तामा आउन मन्त्रालयले आह्वान गरेको थियो । मन्त्रालयले छलफलबाट विवाद समाधानको पहल भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्