बिशेष

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

हिमालय टिभी
२०८० भदौ ३० गते ७:२५
काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या

३० भदौ २०८० काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।

गैह्रीगाउँको एक सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चारै जना सोही सस् मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । मृतकहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको एआईजी थापाले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ। घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्