बिशेष

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २९ गते १६:५६
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थानको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले आज बसेको प्रतिनिधसभाको बैठकलाई भ्रमणबारे जानकारी गराउँदै टोली सानो बनाएको दावी गर्नुभएको हो । यसअघि प्रधानमन्त्रीको भ्रमण टोली २४ सदस्यीय थियो ।

आलोचना भएपछि घटाएर १२ मा झारिएको छ । महासभामा विशेषगरी दिगो विकासका लक्ष्यहरू एसडीजी कार्यक्रममा मुलुकको कार्यप्रगतिको समीक्षा, क्लाइमेट एम्बिसन समिटमा सहभागिता, फाइनान्सिङ डेभलपेन्ट, एलडीसीको अध्यक्षतामा बैठक सञ्चालन गर्नेलगायत करिब एक दर्जन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

नेपाली मौलिक प्रकारको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र सम्मुन्नत नेपाल निर्माणको प्रयासका विषयलाई विश्व समुदाय समक्ष सुनाउन पाउनु महत्वपूर्ण अवसर भएको उहाँको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले अमेरिकाबाटै असोज ५ गते चीन जाने जानकारी दिनुभयो । उहाँले समय अभावका कारण अमेरिकाबाटै चीन जान लागेको भन्दै यसमा अन्य कुनै अड्कलबाजी र शंका नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले चीन जान अमेरिकाकै मार्ग खोजेको भन्दै सांसदले आलोचना गरेका थिए । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा सम्बन्ध सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभयो । कोभिडका कारण नियमित हुन नसकेका व्यापार र सीमा नाकाहरु खोल्ने विषयमा समेत कुराकानी गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यतालिका अनुसार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिन पीङ्बीच हाङजाओमा भेटवार्ता हुनेछ । यस्तै १९ औँ एसियन गेम उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ । असोज ८ मा समकक्षी लि छियाङसँग बेइजिङमा भेटवार्ता हुने कार्यसूची तय भएको छ ।

चीनको चङकिङ महानगरपालिकामा विज्ञान तथा प्रविधिको क्षेत्रको अवलोकन गर्नेदेखि तीब्बत भ्रमण समेत गर्ने कार्यसूची तय भएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्