बिशेष

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री

हिमालय टिभी
२०८० भदौ २९ गते १६:०३
सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री

२९ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले शीर्ष राजनीतिक दलहरुबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो ।

उहाँले भन्नुभयो, ‘अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो । उहाँले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराउनुभयो । उहाँले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिक उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशिलता प्रदर्शन हुन नसकेको देखाएको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्