बिशेष

सुन तस्करी प्रकरण, ‘पिक्चर अभी बाँकी है’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २७ गते २०:३९
सुन तस्करी प्रकरण, ‘पिक्चर अभी बाँकी है’ (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० काठमाडौं । ‘पिक्चर अभी बाँकी है’ यो आज सीआइबीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख किरण बज्राचार्यले दिनुभएको अभिव्यक्ति हो ।

पछिल्लो समय सीआइबीले गरेका हरेक अनुसन्धानमा राजनीतिक दबाब परेको आरोप लागिरहँदा बज्राचार्यले ६० किलो सुन प्रकरणको एउटा पाटोको अनुसन्धान सकिएको दावी गर्नुभएको छ । तर अन्य अनुसन्धान गर्ने उहाँको प्रतिबद्धता छ । तर सरुवा भएन भने । किनभने यसअघि प्रत्येक प्रकरणमा अनुसन्धानमा खटिएका सीआइबी अधिकृतको सरुवा भएको छ ।

त्यसैले सरुवा भएन भने यसको अन्य अनुसन्धान हुने भन्दै के यो प्रकरण पनि सेलाउला भन्ने शंकाको सुविधा सीआइबीले दिएको छ । तर अनुसन्धानमा कुनै दबाब नपरेको दावी गरेको सीआइबीबाट यो प्रकरणमा केके खुल्न आयो त रु हेरौँ यो रिपोर्ट

६० किलो सुन तस्करी प्रकरणको मुख्य योजनाकार चिनियाँ गिरोह भएको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सरकारी वकिललाई बुझाउन सीआईबीले तयार गरेको रायमा सुन तस्करी प्रकरणका मुख्य योजनाकार चिनियाँ नागरिकको गिरोहलाई मानिएको छ । र सीआइबीले भने यो नेक्सस तोड्न सफल भएको दावी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआइबीले अहिलेसम्मको प्रगति विवरण सुनाएको छ ।

चिनियाँ संलग्नता भएको पाइएपछि काठमाडौँमा गरिएको अनुसन्धानमा प्रहरीले सुनसँग सम्बन्धित सात कम्पनी खडा गरेको भेटेको थियो ।
सुन तस्करको लागि खडा गरिएको कम्पनी, गोदाम र स्टोर स्

कम्पनी सञ्चालक कार्यालय
१. चुंगाक इलेक्ट्रिक सप्लायर्स काठमाडौँ लेखनाथ कार्की बाँसबारी
२. भुजेल इलेक्ट्रिक सप्लायर्स प्रा।लि रामकुमार भुजेल चावहिल
३. ह्वाडा इलेक्ट्रिक सप्लायर्स प्रा।लि कुमार भुजेल सामाखुसी
४. पवाटी इलेक्ट्रिक सप्लायर्स प्रा।लि रामबहादुर भुजेल बाँसबारी
५. दोलखा इलेक्ट्रिक सप्लायर्स प्रा।लि विकेन्द्र भुजेल लाजिम्पाट
६. रेडी ट्रेड प्रा।लि दिलीप भुजेल बालाजु
७. सरिता सप्लायर्स सरिता तामाङ बुढानीलकण्ठ

र दुई वटा स्थानमा हाल सरकारसँग भएको भन्दा आधुनिक र ठूलो सुन गाल्ने स्थान र मेसिन फेला पारेको थियो ।

सुन गाल्ने स्थान
१. टोखा नगरपालिका वडा नम्बर २ टोखा
२. काठमाडौँ महानगरपालिका वडा नम्बर २ लाजिम्पाट

सीआबीका अनुसार साउन ३ र त्यसअघि पटकपटक सुनसहित अन्य सामान आएको थियो ।

सुन तस्करी लागि आयात गरी ल्याइएका माल वस्तु
१. सुन ६० केजी ७१६ ग्राम
२. ब्रेक प्याड – १ हजार १ सय ८० सेट
३. सुन गाल्ने मेसिन – १० थान

यो प्रकरणमा सीआइबीले विभिन्न स्थानमा कार्यरत विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो ।

हालसम्म पक्राउ परेकाहरूः
१. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालका कर्मचारीहरू – ८
२. भन्सार एजेन्ट – ४
३. कार्गो एजेन्ट – ३
४. ट्याक्सी चालक – १
५. भाषा अनुवादकर कोठा खोज्ने – १
६. कम्पनी खोल्ने – २
७. कम्पनी खडा गर्ने– र माल वस्तु व्यवस्थापक – २
८. सुनको कारवारमा संलग्न – ११
९. फरार – १८ जना

यसरी प्रहरीले पक्राउ गरेका र फरार रहेका १८ जना गरी कुल ५० जनालाई ७ वटा कानुनी कारवाही गर्न भनेको छ ।
कानूनी कारवाही
१. भन्सार ऐन २०६४ को दफा ५७ को १ को घ र १ को ख अनुसार
२. सगठित निवारण ऐन २०७०
३. नेपाल राष्ट्र बैँक ऐन २०५८ को दफा १५
४. मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुर
५. नेपाली नागरिकता ऐन २०६३
६. राहदानी ऐन २०७६
७. अध्यागमन ऐन २०४९

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६० किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध मुद्दा नचलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

मुद्दा नलाग्नेहरू
भन्सार एजेन्ट रुक्मिना सुब्बा
ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ
भन्सारका कर्मचारी श्रीधर टण्डन
कमल परियार
सुरेन्द्र तामाङ

जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको प्रतिवेदन अध्ययन गरेर आगामी आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ। तर यो प्रकरणको अनुसन्धान सकिएको भने छैन । किनभने यससँग नक्कली नागरिकताको अनुसन्धान बाँकी नै छ ।

अहिले एउटा कम्पनीको मात्रै अनुसन्धान गरिएको छ । अन्य ५ ओटा कम्पनीको अनुसन्धान बाँकी नै छ । तर सीआइबी अन्यको अनुसन्धान हुनेमा आफै विश्वस्त छैन । किनकी यसअघि पनि सीआइबीको अनुसन्धानमा खटिएकाको सरुवा भएको थियो । जसलाई बुधबारको पत्रकार सम्मेलनमा सीआइबीले संकेत गरेको छ ।

यो प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी केन्द्रका नेताहरुसँग सम्बन्ध देखिएको थियो । रोल्पाकी माओवादी नेतृ अमला रोकाका श्रीमान् दावालाई भने प्रतिवादी बनाइएको छ । तर सीआईबीले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीको पनि दावासँग सम्बन्ध रहेको देखेपछि बयान लिएपनि प्रतिवादी बनाएको छैन । दावासँग सम्बन्ध देखिएको भन्दै पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग पनि बयान लिएको थियो। उनी पनि यसमा प्रतिवादी बनेका छैनन् । फरार रहेका १८ जना खोज्न पर्पल नोटिस जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्