बिशेष

स्व. नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय

हिमालय टिभी
२०८० भदौ २६ गते १३:२९
स्व. नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको निर्णय

२६ भदौ २०८० काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा आज बिहान बसेको मन्त्रिरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले नेम्वाङको अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिनुभयो ।

विदेशमा भएका छोराहरु फर्किएपछि मात्र नेम्वाङको अन्त्येष्टि हुनेछ । नेम्वाङको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

संविधानसमाभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो । बालुवाटरस्थित निवासमा हृदयघातपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । नेम्वाङ बाथरुममा बेहोश अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पुर्‍याउँदा नेम्वाङको निधन भइसकेको बताइएको छ ।

नेम्वाङको निधनको खबर लगत्तै राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता अस्पताल पुग्नु भएको थियो ।

नेम्वाङको निधनको शोकमा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि उमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्