युक्रेनी राष्ट्रपतिद्वारा रक्षामन्त्री बर्खास्त

१८ भदौ २०८० युक्रेन । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्सीले रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई बर्खास्त गरेका छन् ।
रेज्निकोभले फेब्रुअरी २०२२ मा रूसले शुरु गरेको आक्रमण अघिदेखि नै रक्षा मन्त्रालयको नेतृत्व गर्दै आएका थिए। राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोण आवश्यक रहेको भन्दै रेज्निकोभको उत्तराधिकारीको रूपमा रुस्टेम उमरोभलाई ल्याएका छन्।
रेज्निकोभलाई बेलायतका लागि राजदूत बनाइने अनुमान गरिएको छ । ५७ वर्षीय रेज्निकोभले युक्रेनको पश्चिमाहरुसंग सैन्य उपकरणका लागि लबिङमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
उनको बर्खास्तगी जेलेन्स्कीको भ्रष्टाचार विरोधी अभियान चलिरहँदा आएको छ । रेज्निकोभलाई व्यक्तिगत रूपमा भ्रष्टाचारको आरोप नलागे पनि सैन्य सामग्री र उपकरण खरिदमा धेरै घोटालाहरू भएका छन्।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकमा युक्रेन १ सय ८० मुलुक मध्ये १ सय १६ औं स्थानमा छ।
प्रतिक्रिया