निर्देशनमा पनि छाउँदै सिनेमाटोग्राफर अर्जुन तिवारी
काठमाडौं । नेपाली कला क्षेत्रका चर्चित सिनेमाटोग्राफरका रुपमा परिचित अर्जुन तिवारीले अब निर्देशन क्षेत्रमा पनि हात हालेका छन् ।
तिवारी पछिला समयका सबैभन्दा व्यस्त र चर्चित सिनेमाटोग्राफर हुन् । उनले अहिलेसम्म ३ हजार ५०० भन्दा बढी म्युजिक भिडियोका साथै कोहलपुर एक्प्रेस, सुश्री, नाइकेजस्ता चलचित्र छायांकन गरिसकेका छन्।
तिवारीले अहिलेको सबैभन्दा चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा पनि डाइरेक्टर अफ फोटोग्राफीको रुपमा काम गरिसकेका छन्।
उनले पहिलो पटक निर्देशन गरेको म्युजिक भिडियो ‘मायाले दिएको एक सुका’ हालै सार्वजनिक भएको छ।
डीपी खनालको शब्द र हरि लम्सालको संगीत रहेको उक्त गीतकम गायिका विध्या तिवारी र गायक सुमन केसीले आफ्नो आवाज दिएका छन् भने भिडियोमा मोडल रियाशा दाहाल र मनोज पौडेल खत्रीले अभिनय गरेका छन्।
गीतमा भिडियोको कहानी र मेकिङ्ग निक्कै दमदार देखिन्छ। भिडियोमा रियाशा र मनोज ग्रामीण श्रीमान–श्रीमतीको रुपमा प्रस्तुत भएको देख्न सकिन्छ।
उक्त भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने भिडियो कन्सेप्ट नायक पल शाहले तयार गरेका हुन् ।
प्रतिक्रिया