अन्तर्वार्ता
कोशीमा ६ सिटे राप्रपा मुख्यमन्त्रीको अडानमा, आलोपालो नेतृत्व अस्वीकार्य (भिडियो कुराकानी)
२०८० असार १७ गते २१:०३
१७ असार २०८० मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक, राप्रपासँग कांग्रेस र माओवादीका नेताले चरणबद्ध छलफल गरिरहेका छन् । तर, प्रदेशसभामा ६ सिट भएको राप्रपाले मुख्यमन्त्री आफूले पाउनुपर्ने माग राखेको छ ।
सत्ता गठबन्धनले भने एकएक वर्ष पालो गरेर मुख्यमन्त्री चलाउन प्रस्ताव गरेको छ। तर, राप्रपा संसदीय दलका नेता भक्ति सिटौला भने त्यस किसिमको प्रस्ताव नआएको दावी गर्नुहुन्छ। आजको तीन मिनेटमा हामीले सिटौलालाई आलोपालोको सरकार नमान्ने हो ? भनेर प्रश्न गरेका छौँ ।
प्रतिक्रिया