कला/मनोरञ्जन

स्पन्दन सुब्बालाई द भ्वाइस अफ किड्सको उपाधि

हिमालय टिभी
२०८० जेठ ६ गते १३:१७
स्पन्दन सुब्बालाई द भ्वाइस अफ किड्सको उपाधि

६ जेठ २०८० काठमाडौं । हिमालय टेलिभिजन एचडीको रियालिटी सो द भ्वाइस किड्स सिजन–२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

गएराति सम्पन्न ग्राण्ड फिनालेमा सात जना प्रतिस्पर्धीलाई पछि पार्दै स्पन्दन विजयी घोषित भएका हुन् । उनी टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार दोस्रो जित हो । उपाधिसंगै स्पन्दनले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गर्नुभयो ।

फिनालेमा सबै आठ जना फाइनलिस्टले सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराउनुभयो ।

डिजिटल अडिशनमा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये ८६ जना ब्लाइन्ड अडिसनमा सहभागी भएका थिए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।

यो सिजनको टाइटल स्पोन्सर रियल फ्रुट जुसले गरेको थियो । यस्तै पावर्ड बाई स्पोन्सरमा लाइफ ब्वाय र अलआउट अनुबन्ध भएका थिए भने को(स्पोन्सरमा वात्सल्य नेचुरल आई भी एफ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *