कला/मनोरञ्जन

हिमालय लोकस्टारमा गेस्ट जज बने शिला आले र देवी घर्ती, दीपक-दीपाले पनि गरे रमाइलो

हिमालय टिभी
२०७९ चैत १३ गते २०:१९
हिमालय लोकस्टारमा गेस्ट जज बने शिला आले र देवी घर्ती, दीपक-दीपाले पनि गरे रमाइलो

काठमाडौं । हिमालय लोकस्टारका पछिल्लो एपिसोड रोचक बनिरहेका छन् ।

मंगलबारदेखि सुरु हुने एपिसोड थप मनोरञ्जक बन्ने आशा दर्शकले राखेका छन् । मंगलबार र बुधबारको एपिसोडबाट अन्तिम १० जना प्रतिस्पर्धी छानिने तय भएको छ ।

आगामी एपिसोडमा गेस्ट जजको रुपमा चर्चित लोकदोहोरी गायिकाहरु शिला आले र देवी घर्ती मगर देखिंदैछन् । विदेश दौडाहामा व्यस्त गायक प्रकाश सपुत होस्टको रुपमा फर्कंदैछन् । यो एपिसोडमा सेलिब्रिटीको रुपमा दीपकराज गिरी र दीपाश्री निरौला पनि देखिनेछन् ।

‘छक्कापञ्जा ४’ प्रवद्र्धनका लागि दीपक-दीपा लोकस्टारमा पुगेका हुन् । कार्यक्रममा उनीहरुले रमाइलो गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन् भने गीत समेत गाएका छन् । ‘टन्नै कलाकारको उपस्थितिले लोकस्टारको आगामी एपिसोडलाई रोमाञ्चक तुल्याउने पक्का छ,’ निर्देशक सिमोस सुनुवारले अनलाइनखबरसँग भने ।

हिमालय लोकस्टार प्रत्येक मंगलबार र बुधबार बेलुका ८ बजे हिमालय टीभी एचडीबाट प्रसारण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *