अन्तर्वार्ता

निर्मला-नन्कुन्नीको न्यायको माग गर्दै धर्ना बसेकी रुवी खानलाई प्रश्न- सरकारले न्याय देला त ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ पुष १५ गते २०:४५
निर्मला-नन्कुन्नीको न्यायको माग गर्दै धर्ना बसेकी रुवी खानलाई प्रश्न- सरकारले न्याय देला त ? (भिडियो कुराकानी)

१५ पुस २०७९ काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ की निर्मला कुर्मीका श्रीमानको २०६६ सालमा मृत्यु भयो। श्रीमान् बितेपछि निर्मलाको घर र साढे चार बिघा जमिन हडप्न विभिन्न गिरोह सक्रिय बन्यो ।

श्रीमान् वितेको १० दिनको अन्तरमै कुर्मीका दुई छोरा १८ वर्षीय रामसागर र १४ वर्षीय सुरेशको शंकास्पद मृत्यु भयो । छोराहरुको शंकास्पद मृत्यु हुँदा समेत छानबिन हुन सकेन । त्यसलगत्तै संविधानसभा सदस्यसमेत रहेका छिमेकी बादशाह कुर्मीले निर्मलाको जग्गाको कागज र नागरिकता लिएर सम्पत्ति हडप्ने योजना बनाए । यसकैविरुद्ध निर्मलाले २०६८ असोज ३० मा जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिनुभयो । २०७५ पछि निर्मला नै बेपत्ता हुनुभयो ।

गाउँले र महिला अधिकारकर्मीले खोजी गर्दा प्रहरीले निर्मलाको २०७६ चैत १४ मा भारतमा मृत्यु भएको सूचना जारी गर्‍यो । महिला अधिकारकर्मीहरु कुर्मीका छिमेकी बादशाह कुर्मीले नै सम्पत्ति हडप्न निर्मलाको अपहरण र शरीर बन्धक बनाई हत्या गरेको बताउँछन ।

गत वर्ष बनेको सरकारी छानबिन समितिले पनि बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस नै गरिसकेको छ । तर अहिलेसम्म पनि न्याय नपाउँदा रुबी खानसहितका अधिकारकर्मी नयाँ सरकारले न्याय दिने आशामा काठमाडौंको माईतीघरमा धर्नाका लागि आइपुगेका छन् । आजको तीन मिनेटमा हामीले अधिकारकर्मी रुबी खानसँग निर्मलाको न्यायको लागि भइरहेको पहलबारे कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्