Main News

गोरखा–२ मा प्रचण्डको अग्रता कायमै, पछ्याउँदै घन्टी चिन्ह

हिमालय टिभी
२०७९ मंसिर ६ गते १५:३९
गोरखा–२ मा प्रचण्डको अग्रता कायमै, पछ्याउँदै घन्टी चिन्ह

६ मंसिर २०७९ गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।

१२ हजार ६ सय १५ मत गणना गर्दा प्रचण्डले ७ हजार २ सय ७९ मत प्राप्त गर्नु भएको छ ।

प्रचण्डलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले २ हजार १० मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका अब्दुस सलाम मियाले १ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *