हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ संगीतकार संघ नेपालबाट सम्मानित(भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । हिमालय टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठ संगीतकार संघ नेपालबाट सम्मानित हुनुभएको छ ।
लामो समयदेखि सञ्चार क्षेत्रबाट साहित्य र संगीतमा पुर्याएको योगदानको कदर गर्दै आज संघले श्रेष्ठलाई सम्मान गरेको हो ।
बडा दशैं, दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा आयोजित कार्यक्रममा गीत(संगीत साहित्य र विभिन्न क्षेत्रबाट नेपाली साहित्य र संगीतमा योगदान पुर्याएका व्यक्तित्वलाई संघले सम्मान गरेको थियो ।
विशेष सम्मानबाट संगीतकर्मी भैरवबहादुर थापा, किरण खरेल, भक्तराज आचार्य, कुमार बस्नेत र शम्भुजित बास्कोटा सम्मानित हुनुभयो ।
त्यस्तै, गुरु श्री संगीत सम्मानबाट संगीतकार चन्द्रकुमार शेष सम्मानित हुनुभयो । सेक्सोफोनवाधक सुभबहादुर सुनाम स्मृति नाट्य रत्न सम्मानबाट संगीतकार अमुल कार्की ढलीलाई सम्मान गरियो ।
प्रतिक्रिया