आर्थिक
साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न ‘एनएमबी बजार मेला’ (भिडियो रिपोर्टसहित)
२०७९ असोज ८ गते १८:१०

८ असोज २०७९ काठमाडौं । एनएमबी बैंकले साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न एनएमबी बजार मेला आयोजना गरेको छ।
ललितपुरमा आज आयोजित मेलामा बैंकबाट कर्जा लिएर उद्यम गरिरहेकाहरुको उत्पादन प्रदर्शनीमा राखिएको छ। हस्तकला, कृषि लगायतका वस्तुका ६० भन्दा बढी स्टल राखिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न यस्तो प्रदर्शनी आयोजना गरिएको हो । आगामी दिनमा अन्य जिल्लामा पनि यस्तै प्रदर्शनी आयोजना गर्ने बैंकले जनाएको छ।
बैंकले स्वरोजगार सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउ पुर्याउन साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्दै आएको जनाएको छ।
प्रतिक्रिया