बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको मर्जरले सर्वसाधारणको पैसा बन्धकमा (भिडियो रिपोर्टसहित)

१ असोज २०७९ काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको मर्जरका कारण सर्वसाधारणको अर्बौं रुपैयाँ बन्धक भएको छ ।
मर्जर तथा एक्विजिसनमा जाने बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्ने–नरोक्ने निर्णय गर्ने जिम्मा पाएको धितोपत्र बोर्डका कारण सर्वसाधारणको सम्पत्ति बन्धनक बनेको हो । कारोबार रोक्का गर्नु समाधान नभएकाले नियमलाई बलियो बनाएर यो व्यवस्था छिटो हटाउन लगानीकर्ताको माग छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियम अनुसार हुने व्यवस्था गर्यो । सोही अनुसार बोर्डले सेयर कारोबार रोक्का सम्बन्धि नयाँ निर्देशिकाको मस्यौदामा मर्जर र प्राप्तीमा जाने संस्थाको सेयर १५ दिन मात्रै रोक्का हुने उल्लेख ग¥यो ।
तर मौद्रिक नीति सार्वजनिक भएको दुई महिना भइसक्दा पनि उक्त निर्देशिका तयार नहुदाँ सर्वसाधारणको ३० अर्ब रुपैयाँ भन्दा बढीको सम्पति बन्धक बनेको छ। अहिले ८ वटा बैंक र १९ वटा बीमा कम्पनी मर्जरको प्रक्रियामा छन् । तिनीहरुको सेयर कारोबार करिब तीन महिनादेखि रोक्का छ । बोर्डले तत्काल निर्देशिका जारी गरी सर्वसाधारणको सम्पत्ति बन्धक हुनबाट रोक्नुपर्ने जानकारहरुको सुझाव छ ।
हाल मर्जर तथा एक्विजिसनमा गएका संस्थाको हकमा उक्त प्रक्रिया पूरा नभएसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको छ ।
मर्जर र एक्विजिसनको क्रममा त्यसले पूर्णता नपाउँदै कारोबार खुला गरिँदा यसैको नाममा चलखेल हुने भएकाले त्यो अवधीमा कारोबार रोक्ने गरिएको हो । रोक्नु र छेक्नु समाधान नभएकाले बोर्डले आफ्नो नियमलाई बलियो बनाएर त्यो व्यवस्था हटाउनुपर्ने माग उठेको छ ।
राष्ट्र बैंकले उक्त व्यवस्था खारेज गरेकाले अब छिटै बोर्ड पनि लगानीकर्तालाई मर्का नपर्ने गरी आवश्यकता अनुसार कारोबार रोक्का हुने गरी व्यवस्था गर्ने गृहकार्यमा रहेको बोर्डका अध्यक्ष रमेश हमालको भनाइ छ।
प्रतिक्रिया