खेलकूद
नेपाल र केन्याबीच आज तेस्रो तथा अन्तिम एक दिवसीय खेल हुँदै
२०७९ भदौ २० गते ७:१४

२० भदौ २०७९ काठमाडौं । नेपाल र केन्याबीच आज तेस्रो तथा अन्तिम एक दिवसीय खेल हुँदैछ ।
केन्या भ्रमणमा रहेको नेपालले घरेलु टोलीविरुद्ध अन्तिम एक दिवसीय खेल खेल्न लागेको हो । नेपाल आज शृंखला क्लिन स्विप गर्ने दाउमा रहनेछ ।
नेपालले पहिलो खेल ७ विकेटले र दोस्रो खेल १७ रनले जितेको थियो । उता घरेलु टोली आज सान्त्वना जितका लागि मैदान ओर्लने छ ।
यसअघि पाँच खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला नेपालले ३२ ले जितेको थियो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार पौने बाह्र बजे शुरू हुनेछ ।
प्रतिक्रिया