खेलकूद
नेपाल र केन्याबीच आज दोस्रो एक दिवसीय खेल हुँदै
२०७९ भदौ १८ गते ७:४७

१८ भदौ २०७९ काठमाडौं । नेपाल र केन्याबीच आज दोस्रो एक दिवसीय खेल हुँदैछ ।
केन्या भ्रमणमा रहेको नेपाल घरेलु टोलीविरुद्ध एक खेल अगावै शृंखला जित्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।
पहिलो खेलमा ७ विकेटको जित निकालेको नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
यसअघि नेपालले पाँच खेलको ट्वेन्टी–ट्वेन्टी शृंखला ३–२ ले जितेको थियो ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार दिउँसो सवा बाह्र बजे शुरू हुनेछ । शृंखला अन्तर्गत तेस्रो खेल भदौ २० गते हुनेछ ।
प्रतिक्रिया