Main News

प्रहरी अधिकारीले नै मर्यादा बिर्सिएपछि… (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते ७:०५
प्रहरी अधिकारीले नै मर्यादा बिर्सिएपछि… (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ रौतहट । प्रहरीले बर्दीमै टिकटक भिडियो बनाउनेदेखि मादकपदार्थ सेवन गर्ने गरेका दृष्य सामाजिक सञ्जालमा छाउने गरेका छन् । तर, रौतहटका प्रहरी नायब निरीक्षकले भने नर्तकीसँग नाचेर अश्लिलता मात्रै प्रदर्शन गरेनन् प्रहरी संगठनकै बद्नाम गरेका छन् ।

चाडपर्वका अवसरमा मधेस प्रदेशमा मेला लाग्ने गर्दछ । मेला भर्न आएकालाई लक्षित गर्दै सांगीतिक कार्यक्रम पनि आयोजना गरिन्छन् । अझ, भारतबाट कलाकार बोलाएर नृत्य देखाउने चलनजस्तै बनेको छ । दर्शकको भीड लाग्ने हुँदा त्यस्ता कार्यक्रममा प्रहरीले सुरक्षा दिने गरेका छन् ।

अवाञ्छित गतिविधि हुन नदिन प्रहरी दत्तचित्त हुनुपर्ने ठाउँमा प्रहरीले नै साख गिराउने हर्कत गरेका छन् । रौतहटको गढीमाई नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा प्रहरीले पदीय मर्यादा बिर्सिएको भिडियो प्राप्त भएको छ ।

दृष्यमा यसरी नाचिरहेका यी व्यक्ति प्रहरी नायब निरीक्षक राजकिशोर साह हुन् । नाचिरहेका युवतीलाई अश्लिल हर्कत गरिरहेको प्रष्ट देखिन्छ ।

भोजपुरी गीतमा प्रयोग भएका दुईअर्थी लाग्ने शब्द र त्यसैमा प्रहरी पोशाक लगाएर नृत्य गरेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहट तानिएको छ । साहको जिम्मेवारी पनि खोसिएको छ भने विभागीय कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयले दाबी गरेकोछ ।

रौतहटमा सांगीतिक कार्यक्रमका नाममा अश्लिलता प्रदर्शन गर्ने क्रम बढ्दो छ । पटकपटक प्रहरी प्रशासनलाई यस विषयमा नागरिकले अवगत गराउँदा पनि कुनै सुधार हुन सकेको छैन । त्यसमाथि प्रहरीबाटै भएको यसको किसिमको हर्कतले प्रशासनमाथि प्रश्न उठेको छ भने साहलाई कस्तो कारवाही गरिएला त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *