Main News

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्न नहुने प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते १८:२७
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्न नहुने प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्न नहुने बताउनुभएको छ ।

पाँच दिने जापान भ्रमणबाट आज स्वदेश फर्कँने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नहुने बताउनु भयो । उहाँले नागरिकता विधेयक प्रमाणीकरणका लागि ढिलो गर्नु नहुने पनि बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको संक्षिप्त जवाफ दिदैँ ‘उहाँले भन्नुभयो – राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । र ढिलो नहुनुपर्थ्यो ।’

त्यस्तै अध्यक्ष प्रचण्डले जापान भ्रमणका क्रममा लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताउनु भयो ।

उहाँले आफूले सो भेटमा नेपालको फोहर व्यवस्थापन र टेनेलका लागि जापानको सहयोग मागेको बताउनु भयो । जापानसँग नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माण लगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उहाँको भनाइ छ ।

उहाँले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरु र जापानी अधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *