समाज

बजेट विनियोजन हुने तर खर्च नहुने अवस्था हरेक वर्ष किन दोहोरिन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३ गते १८:१७
बजेट विनियोजन हुने तर खर्च नहुने अवस्था हरेक वर्ष किन दोहोरिन्छ ? (भिडियो रिपोर्टसहित)

३ साउन २०७९ धनगढी । विकासका कामहरु अलपत्र छन् । पूर्वाधारहरु निर्माणको प्रतिक्षामा छन् । तर, सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा ६ अर्ब ९८ करोड ३९ लाख पुँजीगत बजेट खर्च गर्न सकेन । बजेट विनियोजन हुने तर खर्च गर्न नसक्ने अवस्था हरेक वर्ष किन दोहोरिन्छ त ?

सुदूरपश्चिम प्रदेशले गत आर्थिक वर्षका लागि विनियोजन गरेको १८ अर्ब ९० करोड २० लाख रुपैयाँ विकास खर्चमा ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

कुल पुँजीगत बजेटको ६३ दशमलव ०५ खर्च गरेको सुदूरपश्चिम सरकारको चालु खर्च भने ७२ दशमलव ३२ रहेको छ । आर्थिक वर्ष २०७८–७९ को ३ अर्ब ४७ करोड ९९ लाख बजेट खर्च नभएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विकास बजेट खर्च हुन नसक्नुमा स्रोतसाधनको अभाव र कानूनी व्यवस्थालाई कारण देखाउने गरिएको छ । तर, सरकारको अदूरदर्शिता र हचुवाको भरमा बजेट विनियोजन गर्नु मुख्य कमजोरी रहेको जानकारको दाबी छ । प्रदेश सरकार जनमुखी कामभन्दा पनि आफ्नै कार्यकर्ता पोस्नमा तल्लिन रहँदा पनि यो स्थिति सिर्जना भएको विज्ञको बुझाइ छ ।

सुदूरपश्चिम प्रदेशमाउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति सबैभन्दा बढी छ । मन्त्रालयले आफूले पाएकोमध्ये एक अर्ब ७३ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ । सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ९८ करोड ८८ लाख बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले चार अर्ब ९३ करोड १३ लाख बजेट खर्च गरेको छ । यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब २१ करोड २३ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५४ करोड ३४ लाख र प्रदेश सभा सचिवालयले १८ करोड १९ लाख, प्रदेश लोकसेवा आयोगले ५१ करोड बजेट खर्च गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १९ करोड ३५ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ६७ लाख बजेट खर्च गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले असारमा मात्रै आठ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७८र७९ को ११ महिनामा ९जेठ मसान्तसम्म० कुल बजेटको ४० दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असारमामात्रै २६।३१ प्रतिशत बजेट खर्च गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *