Main News

भारत भ्रमण उपलव्धिमूलकः प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १ गते १८:३१
भारत भ्रमण उपलव्धिमूलकः प्रचण्ड (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको बताउनु भएको छ ।

भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष प्रचण्डले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताउनुभयो ।

उहाँले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनका लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भाजपा र नेकपा माओवादी केन्द्रले दुई देश र पार्टीबीचको सम्बन्ध विस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त कार्यक्रम गर्ने समझदारी भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *