समाज

प्रदेश आयुर्वेद औषधालयमा व्यवस्थापकीय समस्या र आर्थिक अभाव (भिडियो रिपोर्टसहित)

२०७९ साउन १ गते १६:२५
प्रदेश आयुर्वेद औषधालयमा व्यवस्थापकीय समस्या र आर्थिक अभाव (भिडियो रिपोर्टसहित)

१ साउन २०७९ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचार सेवा लिनेको संख्या हरेक वर्ष बढ्दो छ । तर, व्यवस्थापकीय समस्या र आर्थिक अभावका कारण अस्पतालले चुस्त र स्तरीय सेवा प्रवाह गर्न भने सकेको छैन ।

आर्थिक वर्ष २०७६–०७७ मा प्रदेश आयुर्वेद औषधालयबाट सेवा लिनेको संख्या २८ हजार तीन सय ५५ थियो । आर्थिक वर्ष २०७७,०७८ मा त्यो संख्या ३० हजार चार सय ३६ पुग्यो । आर्थिक वर्ष २०७८–०७९ मा ४० हजार ८६ जनाले सेवा लिए ।

बर्सेनि सेवाग्राहीको चाप बढ्दा पनि आयुर्वेद चिकित्सा पद्धतिको विकास र विस्तारमा कर्णाली प्रदेश सरकारले चासो देखाएको छैन । नीति तथा कार्यक्रममा आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्ने उल्लेख गरे पनि बजेट कितावमा नसमेटिएको औषधालयको गुनासो छ ।

आयुर्वेद औषधालय तथा केन्द्रले जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेलिरहेका छन् । प्रदेश आयुर्वेद औषधालयमा प्राविधिक र अप्राविधिक गरी ४४ जना कर्मचारी आवश्यक रहेकोमा हाल आठ जनाको मात्रै स्वीकृत दरबन्दी छ । प्रदेश आयुर्वेद औषधालय आफ्नो चासोमा रहेको र केही रकम फरक शीर्षकमार्फत विनियोजन भएको प्रदेश सरकारले जनाएको छ ।

आयुर्वेद चिकित्सा अनुसन्धानको कामसमेत गर्नुपर्नेमा औषधालयमा सेवाको गुणस्तर बढाउन र पर्याप्त कर्मचारी खटाउन समेत सरकार चुकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *