Main News

माओवादी अध्यक्ष प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

हिमालय टिभी
२०७९ साउन १ गते ९:१९
माओवादी अध्यक्ष प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेट्दै

१ साउन २०७९ काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्दै हुनुहुन्छ ।

तीन दिने भ्रमणका लागि गत शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको उहाँको निजी सचिवालयले बताएको छ ।

मोदीसँगको भेटवार्ता सकेर प्रचण्ड आजै स्वदेश फर्कनु हुनेछ । भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जानुभएको हो ।

अध्यक्ष प्रचण्डले हिजो भारतीय विदेशमन्त्री एस जयशङ्कर, भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *