Main News

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ३२ गते १७:१७
नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड (भिडियो रिपोर्टसहित)

३२ असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भारत भ्रमण गरेको बताउनुभएको छ ।

भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा अध्यक्ष प्रचण्डले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउन प्रयास हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो भारत पुग्नु भएको थियो । प्रचण्डले आजै भारतीय विदेशमन्त्री एस जयशंकर भेटवार्ता गर्नुभएको छ ।

उहाँले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्नुहुनेछ । आज बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग पनि भारतमा भेट गर्नुभएको छ ।

उहाँले आजै भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *