कला/मनोरञ्जन

सुरभी शाक्यले गर्ने भइन् थाइल्याण्डमा हुने किड्स स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व

२०७९ असार २९ गते ७:४१
सुरभी शाक्यले गर्ने भइन् थाइल्याण्डमा हुने किड्स स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व

धादिङ । धादिङ गजुरीकी सुरभी शाक्यले आगामी डिसेम्बरमा थाइल्याण्डमा हुने ‘ किड्स स्टार इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएकी छन् ।

लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२ ओको गुप्र बीको तर्फबाट विजेता बन्दै सुरभीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सभागिता जनाउने भएकी हुन् । दोस्रो सिजनको प्रतियोगितामा समूह बीबाट सुरभी विजेता बनेकी थिइन् । पचास जना सहभागीमध्येबाट सुरभीका साथै समूह ए बाट इशानी पोडार विजेता बनेकी छन् । इशानीले पनि थाइल्याण्डमा हुने प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

थाइल्याण्डमा हुने प्रतियोगितामा सुरभी र इशानीका साथै अन्य ३० देशका प्रतिस्पर्धी सहभागी हुने छन् । प्रतियोगिता १० दिनसम्म चल्ने बताइएको छ । सुरभीका पिता कविन शाक्यले ‘सुरभीको चाहना अनुसार नै आफूहरुले अघि बढ्नका लागि प्रेरित गरिरहेको र फेशन एराको आयोजनामा सम्पन्न लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको विजेता भएपछि संभावनाका ढोका खुलेको बताउनुभयो ।

थाइल्याण्डमा हुने प्रतियोगिताका लागि सुरभीलाई पूर्ण रुपमा सक्षम बनाउन हरप्रकारले तयार गरिने पिता कविनको भनाइ छ । देशलाई नै प्रतिनिधित्व गर्ने भएकाले खुसीसँगै जिम्मेवारी पनि बढेको महशुस भएको उहाँको भनाइ छ ।

सुरभी सानैदेखि नै सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएकी छन् । उनका मातापिताको अग्रसरतामा आफ्नै नाम सुरभी फाउण्डेशनबाट उनले सामाजिक काम गर्दै आएकी छन् ।

केही समय अघि फाउण्डेशनको माध्यमबाट सुरभीले धादिङका चेपाङ बालबालिकाहरुलाई लत्ताकपडाका साथै खाद्यन्न समेत सहयोग गरेकी थिइन् । सामाजिक कार्यमा उनलाई परिवारले समेत राम्रो सहयोग गर्दै आएको छ ।

लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको समूह एबाट फस्ट रनर अपमा जुलिना खत्री, सेकेण्ड रनर अपमा शुभरन खड्का, अर्गनाइजर च्वाइसमा आरसिर्या कार्की बिजेता बन्दा समूह बीबाट शरभ्या श्रेष्ठ फस्ट रनर अप, दक्षिणा शर्मा सेकेण्ड रनर अप र आयश कठायत विजेता बनेका छन् ।

त्यसैगरी सिनियर ब्यूटिसियन तथा फाण्डर सीटीइभीटी स्कूल अफ ब्यूटिसियन की फाण्डर रुश्का वैध श्रेष्ठ , र्यापर तथा म्यूजिसियन हाकिम गुरुङ, म्यूजिक भिडियो निर्देशक माइकल चन्द, आयुष्मा रायमाझी निर्णायकको रूपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी सुशान्तकाजी श्रेष्ठले गरेका थिए भने फेशन एराका आनन सिंहको पहलमा प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *