खेलकूद
नोभाक जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि
२०७९ असार २७ गते ९:०७

२७ असार २०७९ लण्डन । विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
लण्डनस्थित सेन्टर कोर्टमा भएको पुरुष तर्फको फाइनलमा अष्ट्रेलियाका निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । जोकोभिचले शुरुवाती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् ।
जोकोभिचले निकमाथि ४–६,६–३,६–४ र ७–६ ७–३ को सेटमा जित निकाले । योसँगै लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन् । जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो ।
महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् । फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।
प्रतिक्रिया