समाज

प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता, खण्डहर बनेको विद्यालयले पायो नयाँ स्वरुप (भिडियो रिपोर्टसहित)

२०७९ असार २६ गते १८:५६
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता, खण्डहर बनेको विद्यालयले पायो नयाँ स्वरुप (भिडियो रिपोर्टसहित)

२६ असार २०७९ पोखरा । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामा प्रश्न उठिरहेकाबेला कपिलवस्तु नगरपालिकामा भने फरक देखिएकोछ । यही कार्यक्रमबाट तालिम लिएका महिलाले खण्डहर बनेको विद्यालयलाई नयाँ स्वरुप दिएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ को सागरटोलमा रहेको महेन्द्र आधारभूत विद्यालय । केही समय अघिसम्म खण्डहर जस्तै देखिने यो विद्यालयलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरका महिला श्रमिकले रंगरोगन गरेर चिटिक्क पारेका हुन् । कपिलवस्तु नगरपालिकाको साझेदारीमा बेरोजगार रहेका महिलालाई रंगरोगन तालिम दिएर विद्यालयमा खटाइएको थियो । आफुहरुले सीप, रोजगारी, अनुभव र आम्दानी गर्न पाएपछि श्रमिक महिला खुसी छन् ।

यसअघि यी श्रमिक महिलाले चुलोचौकाबाहेकका काम गरेका थिएनन् । अहिले उनीहरुले गरेको कामबाट विद्यालयकी प्रधानाध्यापक प्रभावित हुनुहुन्छ ।

दैनिक प्रति व्यक्ति ५ सय ७७ रुपैयाँ ज्यालामा ३९ महिलासहित ९८ जना श्रमिक कार्यक्षेत्रमा खटिएका थिए । महेन्द्र आधारभूत विद्यालय जस्तै नगरपालिकाभित्र रहेका १२ वटै वडाका १–१ विद्यालयमा रंगरोगन पूरा भएको छ ।

यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकेको खण्डमा महिला आर्थिक हिसाबले आत्मनिर्भर बन्नेछन् । जसले महिला सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *