कला/मनोरञ्जन

नेपाल लोकस्टारको मुख्य प्रायोजन आईएमईले गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १७ गते १५:१९
नेपाल लोकस्टारको मुख्य प्रायोजन आईएमईले गर्ने (भिडियो रिपोर्टसहित)

काठमाडौं । इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई)ले हिमालय टेलिभिजनबाट प्रशारण हुने नेपाल लोकस्टारको दोस्रो सिजनमा पनि मुख्य प्रायोजन गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र आइएईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात लोक संगीतमा आधारित यो रियालिटी शोको नाम आइएमई नेपाल लोकस्टार रहनेछ । नेपाल लोकस्टारको पहिलो सिजनदेखि नै टाइटल स्पोन्सर रहेको आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पहिलो सिजनमा नै लोकप्रिय बनेको लोकस्टार हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेपछि अझै उचाईमा पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा अन्य प्रायोजकहरुसँग पनि सम्झौता गरिएको छ । नेपाल लोकस्टारलाई जगदम्बा सुपरसाईन जस्तापाताले सहप्रायोजन गर्ने भएको छ । यस्तै एसोसिएट स्पोन्सरका रुपमा आइएमई लाइफ इन्सुरेन्स, सिमेन्ट पार्टनरका रुपमा रिद्धिसिद्धि र भोटिङ पार्नरका रुपमा आईएमई पे जोडिएका छन् ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले अन्य रियालिटी शोहरु फ्रेन्चाइज रहेकाले नेपालको आफैंनै मौलिक शैलीमा परिकल्पना भएको लोकस्टारको गुणस्तर कायम गर्नका लागि टेलिभिजनले कुनै कसर बांकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।

यस सिजनको लोकस्टारमा गायकहरु कुमार बस्नेत, कुलेन्द्र बिश्वकर्मा, रामजी खाँड, लोक तथा दोहोरी गायिका ज्योति मगर निर्णायक हुनुहुन्छ भने प्रस्तोता तथा ब्राण्ड आइकनको रुपमा चर्चित लोकगायक प्रकाश सपुत जोडिनुभएको छ ।

नेपाल लोकस्टारलाई सिमोस सुनुवारले निर्देशन गर्ने तय भइसकेको छ । शोको डिजिटल र भौतिक रुपमा अडिसन लिइएको छ । कार्यक्रम छिट्टै हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *