चर्चित रियालिटी शो डान्सिङ स्टार्स नेपालको ग्रान्ड फिनाले आज
![चर्चित रियालिटी शो डान्सिङ स्टार्स नेपालको ग्रान्ड फिनाले आज](https://www.himalayatv.com/wp-content/uploads/2022/06/dancing.jpg)
१० असार २०७९ काठमाडौं । डान्सिङ स्टार्स नेपालको ग्रान्ड फिनाले आज हुँदैछ ।
हिमालय टेलिभिजनबाट आज राति ८ बजे प्रसारण हुने ग्राण्ड फिनालेमा तीन जोडीबीच प्रतिस्पर्धा हुनेछ । प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा परमिता राणा र जेडी तमुको जोडी फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।
फिनालेमा रियालिटी शोको आधिकारिक एपबाट छानिएका उत्कृष्ट तीन जनाले पनि प्रस्तुति दिने छन् । सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा एपबाट छानिएका छन ।
गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलिब्रिटी जोडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए ।
अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई निर्णायकको रुपमा छन् । विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
प्रतिक्रिया